Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोषको मुल्य समायोजन

नागरिक लगानी कोषको मुल्य समायोजन

काठमाडौं, २२ चैत्र । नेपाल स्टक एक्सचेन्जले नागरिक लगानी कोषको शेयर मुल्य समायोजन गरेको छ । बोनस प्रयोजनका लागि कोषको शेयर मुल्य समायोजन गरिएको छ ।

कोषले आफ्नो २२औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर दिने भएपछि नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । नेप्सेले कोषको प्रति शेयर २२५३.२८ रुपैयाँमा मुल्य समायोजन गरेको छ । कोषको शेयर आधार मुल्य २७८५.६४ रुपैयाँ रहेको नेप्सेले जनाएको छ ।

बोनस शेयर पछि कोषको चुक्ता पुँजी ९० करोड ३१ लाख रुपैयाँ पुँग्ने छ । कोषको हाल चुक्ता पुँजी ७४ करोड ३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x