टुरिजम डेभलपमेन्ट बैंकको बोनस

काठमाडौं, २२ चैत्र । टुरिजम डेभलपमेन्ट बैंकले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने बोनस शेयर प्रस्ताव गरेको छ । बैंकले शेयरधनीहरुलाई ३० करोड १५ लाख ९२ हजार ९८५ रुपैयाँ बोनस शेयर प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको उक्त बोनस शेयर नेपाल राष्ट्र बैंक समक्ष स्विकृतीको लागि पठाइएको छ । बैंकले मेगा बैंक नेपालसंग मर्जरमा जाने प्रक्रियालाई अगाडि बढाएको छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । बोनस शेयर पछि बैंकको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ पुग्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *