Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विकास बैंकहरूलाई पूँजीको जोहो गर्न हकप्रद शेयर जारी गर्न दिनुपर्ने माग

विकास बैंकहरूलाई पूँजीको जोहो गर्न हकप्रद शेयर जारी गर्न दिनुपर्ने माग

काठमाडौं, १४ भदौ । डेभलपमेन्ट बैंकर्सले विकास बैंकहरुलाई हकप्रद शेयर जारी गन अनुमति दिनुपर्ने माग गरेका छन् । नेपाल राष्ट्र बैंकलाई चालू आर्थिक वर्ष २०७८–०७९ को मौद्रिक नीति मार्फत उक्त व्यवस्था गर्न माग गरेपनि त्यसलाई सम्बोधन नगरिएको भन्दै गुनासो पोखेका छन् ।

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष गोविन्द ढकालले विकास बैंकहरुको व्यवसाय विस्तारका लागि आवश्यक पूँजीको जोहो गर्न हकप्रद शेयर जारी गर्न पाउनुपर्ने भन्दै राष्ट्र बैंकले यसलाई सम्बोधन गर्नुपर्ने बताए । बोनस शेयर, सञ्चित मुनाफा र डिबेञ्चरबाट मात्र व्यवसाय विस्तारका लागि पूँजी पर्याप्त नहुने उनको तर्क छ ।

मर्जर एवम् प्राप्तीले विकास बैंकहरुको संख्या उल्लेख्य रुपमा घटेकाले अव हकप्रद मार्फत पूँजी बढाएर व्यवसाय विस्तार गर्न दिनुपर्ने पूर्वअध्यक्ष ढकालले बताए ।
हाल नेपालमा विकास बैंकको संख्या १८ वटा छ । २०७६ असारमसान्तसम्म विकास बैंकको संख्या २९ थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x