Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

२७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

२७ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा

काठमाडौं, १५ भदौ । गत आर्थिक वर्ष २०७७÷७८ मा बैंक तथा वित्तीय संस्थाले निजीक्षेत्रमा प्रवाह गरेको कर्जा उल्लेख्य रूपमा बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक वर्ष अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहि कर्जा २७.३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षमा यस्तो कर्जा १२ प्रतिशतले बढेको थियो ।

समीक्षा वर्षमा निजीक्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

२०७८ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.७ प्रतिशत र १३ प्रतिशत रहेको थियो ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा ४३.६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.६ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १८.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २०.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २६.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २०.९ प्रतिशतले बढेको केन्द्रीय बैंकको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x