Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

संसद् अधिवेशन बोलाउने तयारी

संसद् अधिवेशन बोलाउने तयारी

काठमाडौं, १५ भदौ । सरकारले संघीय संसद्को अधिवेशन आह्वानका लागि गृहकार्य शुरु गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीज्ञानेन्द्रबहादुर कार्कीले अधिवेशन आह्वान गर्ने सन्दर्भमा सरकार र गठबन्धनमा रहेका राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग सोमवार परामर्श गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारले गत जेठ १५ गते अध्यादेशबाट जारी गरेको बजेटलाई आवश्यक परिमार्जन गर्न सरकारले अधिवेशन आह्वान गर्न लागेको हो । संसद्को अधिवेशन प्रारम्भ भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन वा निस्कृय तल्याउनपर्ने संवैधानिक व्यवस्था छ ।

सर्वोच्च अदालतको आदेशानुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत परीक्षण गर्ने सन्दर्भमा साउन ३ गते आह्वान भएको अधिवेशन साउन २३ गते अन्त्य भएको थियो । अधिवेशन प्रारम्भ भएकौ दिन अर्थमन्त्री जनार्दन शर्माले सदन समक्ष आर्थिक अध्यादेश, विनियोजित अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश पेश गरेका हुन् । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x