Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

४० लाख ५९ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

४० लाख ५९ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं, १६ भदौ । व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता ४० लाख ५९ हजार नाघेका छन् । आन्तरिक राजस्व विभागको तथ्यांकलाई आधार मान्दै अर्थ मन्त्रालयले सार्वजनिक गरेको २०७८ जेठसम्मको तथ्यांक अनुसार सो अवधिमा कुल ४० लाख ५९ हजार २६९ जनाले व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) लिएका छन् ।

गत आर्थिक वर्षको ११ महिनामा दुवैतर्फ गरी प्यान लिनेको संख्या ७ लाख २१ हजार ७७७ थपिएको देखिन्छ । २०७७ असारसम्ममा व्यक्तिगत तथा व्यावसायिक प्यान लिनेको कुल संख्या ३३ लाख ३७ हजार ४४२ रहेको थियो ।

मन्त्रालयका अनुसार गत जेठसम्ममा व्यक्तिगत प्यान लिने करदाता २४ लाख ५६ हजार १४७ पुगेका छन् भने व्यावसायिक प्यान लिनेको संख्या १५ लाख ९३ हजार ८९६ रहेको छ । प्यान लिएका कुल करदातामा यी दुईको हिस्सा क्रमशः ६०.५ प्रतिशत र ३९.३ प्रतिशत रहेको छ ।

यसैगरी करकट्टी गर्ने निकायले लिएको प्यान ९ हजार २२६ रहेको छ, जुन कुल प्यान संख्याको ०.२ प्रतिशत हो । सो अवधिमा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २८ लाख ८ हजार ९८४ र अन्तःशुल्कमा दर्ता भएका करदाताको संख्या १ लाख ११ हजार ५०२ पु्गेको मन्त्रालयको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x