Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार १० अर्बभन्दा कम

बुधबार शेयर बजारमा सामान्य सुधार, कारोबार १० अर्बभन्दा कम

काठमाडौं, १६ भदौ । शेयर बजारमा झिनो सुधार देखिएको छ । साताको दुई काराबोर दिन नै निरन्तर ओरालो लागेको शेयर बजार बुधबार १.१८ अंकले सुधार भएको छ। नेप्से परिसूचक बढेर २९७७.०२ विन्दुमा आइपुगेको छ ।

आइतबार ४९ र मंगलबार नेप्से परिसूचक ६९.०५ अंकले घटेको थियो ।

बुधबार कारोबारमा आएका मध्ये बैंकिङ, होटल एवम् पर्यटन, जीवन बीमा र इन्भेष्टमेन्ट समूहको उपसूचक बढेपनि अरु सबै घटेको छ। शेयर कारोबार पनि २२६ कम्पनीको ९ अर्ब ३५ करोड रुपैयाँको भएको छ। परिसूचक बढेपनि कारोबार रकम मंगलबारको तुलनमा कम हो । मंगलबार १३ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा धेरै कमाउँनेमा रुरु हाइड्रोपावरका लगानीकर्ता छ। यो कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशतले बढेको छ । यस्तै गुमाउँनेमा भने सन्राइज फष्ट म्यूचुअल फन्ड छ । यसको शेयर मूल्यमा ९.९८ प्रतिशतको गिरावट आएको छ। सबैभन्दा धेरै शेयर कारोबार भने अरुण भ्याली हाइड्रोपावरको भएको छ। यो कम्पनीको बुधबार ५९ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x