Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५० अंकले घट्यो, साढे ९ अर्बको शेयर कारोबार

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५० अंकले घट्यो, साढे ९ अर्बको शेयर कारोबार

काठमाडौं, १७ भदौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ५०.२८ अंकले घटेर बन्द भएको छ । गत कारोबारको तुलनामा नेप्से परिसूचक १.६९ प्रतिशतले घटेर २९२६.७४ विन्दुमा रोकिएको हो ।

आज २९७६.१८ विन्दुबाट बजार खुलेको थियो । आज २३० वटा कम्पनीको १ करोड ८१ लाख ९ हजार कित्ता शेयर ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आजबाट कारोबारमा आएको सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । सानिमा लाईफको शेयर मूल्य ३३९ रुपैयाँ कायम भएको छ । त्यस्तै मनकामना स्मार्टको शेयर मूल्य ५०३ रुपैयाँ कायम भएको छ ।

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ६.८७ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.४८ प्रतिशत, अरुण कावेली पावर लिमिटेडको शेयर मूल्य पनि ६.०९ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक मूल्यको शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ५७ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएको १२ वटै समूहको परिसूचक घटेको छ । आज वएधिक परिसूचक घट्नेमा फाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक ३.६८ व्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x