काठमाडौं, १७ भदौ । नेपालमा कोभिड विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १५.४ प्रतिशतले पूर्णखोप पाएका छन् । गत असार २९ गते बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउन योग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो, जसअनुसार बुधवारसम्ममा कुल १ करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्ममा जनसंख्याको १७ दशमलव ९ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव ४ प्रतिशतले पूर्णखोप लगाएकाृ मन्त्रालयको तथ्यांक छ ।
उक्त निर्णयअनुसार बुधबारसम्ममा कुल १ करोड ९२ हजार १०६ मात्रा खोप लगाइसकिएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्ममा जनसंख्याको १७ दशमलव ९ प्रतिशतले खोपको पहिलो मात्रा र १५ दशमलव ४ प्रतिशतले पूर्णखोप लगाएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार ५४ लाख २४ हजार ८३६ जनाले पहिलो मात्रा र ४६ लाख ६७ हजार ३२८ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् । हालसम्म नेपालमा भोरोसेल, ‘जे एण्ड जे’ कोभिसिल्ड, जापानमा निर्मित अस्ट्राजेनेका र स्वीडिस अस्ट्राजेनेका खोप भित्र्याइएको छ । यस्तै मन्त्रालयले आगामी असोज मसान्तसम्ममा ३० प्रतिशत नागरिकलाई खोप लगाउने योजनाअनुसार खोप लागाउने अभियान देशभर तीव्ररूपमा अघि बढाएको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्णखोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन् । रासस