Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोभिडकै बीच बढ्दै नेपाल आउने पर्यटक

कोभिडकै बीच बढ्दै नेपाल आउने पर्यटक

काठमाडौं, १८ भदौ । कोभिड महामारीकै बीच पछिल्ला महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने पर्यटकको संख्या बढ्दै गएको पाइएको छ । अध्यागमन विभागको तथ्यांकका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।

गत अगष्टमा नेपालमा ५ हजार ९१७ जना पर्यटक आएको पर्यटन बोर्डको तथ्यांक छ, जुन अघिल्लो महिना (जुलाई)को भन्दा करीब २ हजारले बढी हो । जुलाईमा २ हजार ९९१ पर्यटक नेपाल आएका थिए ।

यसैगरी जुलाईमा नेपाल आएका पर्यटक समेत जुन महिनाको तुलनामा धेरै हो । जुनमा १ हजार १४३ जना मात्र पर्यटक नेपाल भित्रिएका थिए ।

अगष्टमा नेपाल आउने पर्यटकमा सबैभन्द धेरै भारतीय छन् । सो अवधिमा १ हजार ९८५ पर्यटक भारतबाट आएको देखिन्छ । यसैगरी दोस्रोमा रहेको अमेरिकाबाट १ हजार २४४ र बेलायतबाट ४१६ पर्यटक नेपाल भित्रिएको बोर्डको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x