दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सरकारको प्राथमिकतामा : अर्थमन्त्री

काठमाडौं, १८ भदौ । अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगको स्थापना तथा सञ्चालन गर्नेतर्फ सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले बिहीवार आयोजना गरेको भच्र्युअल बैठकमा उनले उत्पादनमूलक उद्योगको विकास र प्रवर्द्धन गर्न नै सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।

वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए । दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गरेर आयातलाई घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।

हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्न आवश्यक रहेको चर्चा गर्दै मन्त्री शर्माले यसका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए । सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्न उनले आइएफसीलाई आग्रह समेत गरे । आइएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *