Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

माथिल्लो तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

माथिल्लो तामाकोशीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

काठमाडौं, २१ भदौ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि पूर्ण रूपमा व्यावसायिक विद्युत् उत्पादन शुरु गरेको छ । कुल ४५६ मेगावाट क्षमताको आयोजना पूर्ण क्षमताका साथ सञ्चालनमा आएको हो ।

प्राकृतिक विपद्, सीमा नाकामा भारतले गरेको अवरोध, गोरखा भूकम्प, कोरोना कहरलगायत सबै समस्यालाई छिचोलेर आयोजना सफल भएको हो । स्वदेशी लगानीमा निर्माण भएको हालसम्मकै ठूलो आयोजनाले सफलताका साथ व्यावसायिक उत्पादन थालेको अप्पर तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।

सो आयोजनाको गत असार २१ गते उद्घाटन गरिएको थियो । आयोजनावटा उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन हुँदै रामेछापको मन्थली नगरपालिका १३ स्थित साँखेमा नवनिर्मित २२० र१३२ केभी क्षमताको न्यून खिम्ती सवस्टेशनमा जोडिएको छ । सो सवस्टेशन हुँदै बिजुली ढलकेवरस्थित नेपाल विद्युत् प्राधिकरणको ४०० केभी क्षमताको सवस्टेशनमा जोडिएको छ ।

आयोजनाको शुरुआती लागत निर्माण अवधिको ब्याज बाहेक ३५ अर्ब २९ करोड रहेको भए पनि डिजाइनमा गरिएको परिवर्तन, निर्माण अवधि लम्बिदा प्रशासनिक र परामर्शदातको खर्चमा भएको बढोत्तरी, बजार मूल्यमा भएको वृद्धिका कारण निर्माण सामग्रीमा परेको प्रभावका कारण लागत बढ्न गयो । आयोजनाका अनुसार विविध कारणले गर्दा लागत ५२ अर्ब पुगेको छ ।

शुरुआती चरणमा निर्माण अवधिको व्याज १४ अर्ब लाग्ने अनुमान गरिएको भए पनि निर्माण अवधि बढ्दै जाँदा ब्याज मात्रै रु ३२ अर्ब पुगेको छ । यस आधारमा आयोजनाको कूल लागत ८४ अर्ब पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x