Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

हस्तकलाका सामग्रीको बजारीकरणमा सरकारले सहयोग गर्ने

हस्तकलाका सामग्रीको बजारीकरणमा सरकारले सहयोग गर्ने

काठमाडौं, २१ भदौ । हस्तकलाका सामाग्री बजारीकरणमा सरकारले आवश्यक सहयोग गर्ने बताइएको छ । आइतबार नेपाल हस्तकला महासंघ र आइडीया नेपालले आयोजना गरेको ‘आईडीया आइकन २०२१’कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाले आँट हिम्मतका साथ अगाडि बढ्न व्यवसायीलाई आग्रह गरे । उनले हस्तकलाका उत्पादित वस्तु अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न सरकारले भरपुर सहयोग गरिदिने बताएका हुन् ।

स्वदेशी सामानको प्रयोगमा आफैले विश्वास बढाउँनु पर्ने र अन्तर्राष्ट्रिय बजारमा पनि आकर्षण बढ्ने कोईरालाले बताए । स्वदेशी बस्तुहरू आन्तरिक खपत बढाउँन नीतिगत व्यवस्था आवश्यक पर्ने भएकाले त्यसतर्फ पनि सरकारले आवश्यक पहल सुरु गर्ने उनको भनाई छ । ’स्वदेशी बस्तुहरू आन्तरिक खपत बढाउँन नीतिगत व्यवस्थाको आवश्यकता छ । त्यस तर्फपनि सरकारले ध्यान दिने छ ।’ उनले भने, ‘सरकार तपाईंहरूको संरक्षक हो । यो क्षेत्रको विकासमा हामीले ध्यान दिनेछौं ।‘

त्यस्तै हस्तकला उद्योग अझैपनि प्रोत्साहित हुन नसकेको उनको भनाई छ । ‘सरकार प्रोत्साहन गर्न तयार छ । केगर्नु पर्छ तपाईंहरू आउनुस् । यो क्षेत्रलाई जीवन्त राख्न आवश्यक छ । सरकारले त्यसका लागि सहयोग गर्छ ।’
त्यस्तै कार्यक्रमा डिजाइन प्रतियोगिता पनि भएको थियो । प्रतियोगितामा ‘आईडीया आइकोन २०२१’ विजेता, फस्ट रनर र सेकेड रनर पनि घोषणा गरिएको थियो । ‘आईडीया आइकोन २०२१’ विजेता रविना श्रेष्ठ भएकी छिन् । उनले २५ हजार रुपैयाँको चेक प्राप्त गरेकी थिन् । त्यस्तै फस्ट रनर रिसन ठाकुर भएका छन् । उनले १५ हजार रुपैयाँको चेक प्राप्त गरेका छन् । त्यसैगरी सेकेण्ड रनर निलिमा प्रधान भएकी थिन् । उनले १० हजार रपैयाँको चेक प्राप्त गरिन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x