Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राइम बैंकको ८.७५ प्रतिशत ब्याजदरको डिबेन्चर नेप्सेमा सूचिकृत

प्राइम बैंकको ८.७५ प्रतिशत ब्याजदरको डिबेन्चर नेप्सेमा सूचिकृत

काठमाडौं, २२ भदौ । प्राइम कमर्सियल बैंक निष्काशन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । नेप्से र प्राइम कमर्सियल बैंकबीच सोमबार ८.७५ प्रतिशत ब्याजदर भएको ‘प्राइम डिबेन्चर २०८५’ ऋणपत्र सूचीकरणको सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन् । प्रतियूनिट १ हजारको दरल हुन आउने २ अर्ब ४४ करोड ७९ लाख ६३ हजार बराबरको कुल २४ लाख ४७ हजार ९६३ युनिट ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । योसँगै अब निकट भविष्यमै प्राइम कमर्सियलको यो ऋणपत्रको कारोबार गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x