Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सिएनआईले ‘वुमन लिडरसिप फोरम’ गठन गर्यो

सिएनआईले ‘वुमन लिडरसिप फोरम’ गठन गर्यो

काठमाडौं, २३ भदौ । नेपाल उद्योग परिसंघ (सिएनआई) ले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो ।

परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहेका छन् । ‘आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहेका महिला नेतृहरूको साझा मञ्च बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यो अभियान हामी प्रदेश तहहरूमा विस्तार गर्नेछौँ ।’ कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले साना व्यवसाय गर्ने महिलाहरूमा वित्तीय पहुँच समस्याको विषय रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न फोरम सक्रिय हुनुपर्ने उल्लेख गरे ।

ग्रामीण क्षेत्रमा व्यवसायमा जोडिन चाहने महिलालाई स्रोतका अभाव रहेको भन्दै उनले वित्तीय स्रोत प्राप्त गर्ने तरिकाबारे शिक्षित गर्नुपर्ने बताए । सरकारले महिला उद्यमीलाई दिएका सुविधाबारे लक्षित समूहलाई जानकारी गराउने र उनीहरूलाई साक्षर बनाई लाभ प्राप्त गर्न सक्ने गरी क्षमता अभविृद्धि गर्ने उद्देश्य फोरमको छ । यसैगरी, आर्थिकरूपमा महिला सशक्तिकरणका लागि सीप विकास, नीतिगत सहजीकरण एवं छलफल र उत्पादनको बजारीकरण गर्ने उद्देश्य पनि फोरमको छ ।

कार्यक्रममा परिसंघकी राष्ट्रिय परिषद सदस्य वर्षा श्रेष्ठ, पम्फा धमला एवं उद्यमी तथा व्यावसायिक क्षेत्रका महिला नेतृहरू रिता भण्डारी, सुनिता नेमाफुकी, सरिता लामा, आशा राणा अधिकारी, अनुपमा खुन्जेली, मल्लिका श्रेष्ठ, मधु लोहिया, कल्पना श्रेष्ठ, आश्रयता चौधरी र उपाशना पौडेलको उपस्थिति थियो । परिसंघ सचिवालयबाट महानिर्देशक यादवप्रसाद पौड्याल र वरिष्ठ सल्लाहकार मेघनाथ न्यौपान रहेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x