Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्ट स्टोरमा १० प्रतिशत सम्म नगद छुट योजना

सनराइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा गोरखा डिपार्टमेन्ट स्टोरमा १० प्रतिशत सम्म नगद छुट योजना

काठमाडौं, २३ चैत्र । सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोर विच नेपाल अधिराज्य भित्र संचालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरहरुमा कुनैपनि सामान खरिदमा १० प्रतिशत सम्म नगद छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्राइज बैंककातर्फ बाट विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका तर्फबाट प्रबन्ध निर्देशक वलराम आचार्यले चैत्र २०, २०७४ गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुसार बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण ५ वटा शाखाहरुबाट सन्राइज बैंकको भिसा डेविट तथा क्रेडिट कार्डबाट हुने कारोवारमा ग्राहकहरुलाई हरेक सामान खरिद गर्दा १० प्रतिशत नगद छुट प्रदान गरिने छ ।

बैंकमा खाता नभएका ग्राहकर्वगहरुले पनि गोरखा डिपार्टमेन्ट स्टोरका सम्पूर्ण शाखाहरुबाट तुरन्त प्रिपेड डेविट कार्ड प्राप्त गरि छुटको सुविधा उपभोग गर्न सकिनेछ । यो योजना २०७५, बैशाख १ गते देखि गोरखा डिपार्टमेन्ट स्टोरमा गरिएका सम्पुर्ण खरिदहरुमा लागु हुनेछ ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकले यो योजना ल्याएको हो । यस किसिमको योजनाबाट ग्राहकवर्गहरु थप लाभान्वित हुने र कारोवार पनि सुरक्षित हुनेमा बैंक विश्वस्त छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x