खल्तीबाट हवाइ टिकट बुक गर्दा आठ सयसम्म क्यासब्याक पाइने

काठमाडौं, २३ भदौ । खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्न सकिने आकर्षक अफर कार्यान्वयनमा ल्याएको छ ।

यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले आठ सय रुपैयाँसम्मको क्यासब्याक पक्का पाउनेछन् । साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र १ रुपैयाँमा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र १ रुपैयाँ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर गरिदिने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *