Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

भीमदत्त नगरपालिका भित्र उद्यमीलाई नेपाल बैंकद्वारा धितो नराखि बिनाब्याज सहुलियतपूर्ण कर्जा हस्तान्तरण

भीमदत्त नगरपालिका भित्र उद्यमीलाई नेपाल बैंकद्वारा धितो नराखि बिनाब्याज सहुलियतपूर्ण कर्जा हस्तान्तरण

महेन्द्रनगर, २३ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ युवा उद्यमीलाई धितो नराखी नै बिनाब्याज सहुलियतपूर्ण कर्जा हस्तान्तरण गरिएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा स्वरोजगार बन्न चाहने युवालाई प्रोत्साहन तथा व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपुर्ण कर्जा उपलब्ध गराईएको हो ।

भीमदत्त नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रति उद्यमी पाँच लाख रुपैंयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्ने कार्यक्रम सुरु गरेको हो । ‘मेयर उद्यमशिलता विकास कार्यक्रम’ अन्र्तगत बुधबार पहिलो चरणमा छनौट भएको १४ जनालाई चेक हस्तान्तरण गरिएको हो । भीमदत्त नगरपालिकामा आयोजित सहुलियतपुर्ण कर्जा चेक हस्तान्तरण कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्ट, आर्थिक विकास समिति संयोजक डम्बर बहादुर कार्की, बैंकका महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशी, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रशाद जोशीले संयुक्त रुपमा उद्यमीलाई चेक हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रममा बैंक शाखा प्रवन्धक जोशीले बिनाधितो सहुलियत कर्जाबारे जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाको सिफारिस अुनसार बैंकले व्यवसायिक कृषी तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमी, र दलित सुमदाय व्यवसाय विकास कर्जा गरि पाँच प्रकारका कर्जा लगानी गरिरहेको रहेको बताउनु भयो । बैंकले पहिलो चरण अन्र्तगत ६७ लाख ४० हजार कर्जा लगानी गरेको शाखा प्रमुख जोशीले बताउनुभयो । बैकले दिपेश केरा फर्मलाई दुई लाख ५० हजार, रोजी पोल्टी फर्मलाई चार लाख ९० हजार र अन्य व्यवसायीक फर्मलाई ५्५ लाख कर्जा उपलब्ध गराएको छ

२०७७ कार्तिक २७ गते बैक र नगरपालिकाबिच मेयर उद्यमशिलता विकास कार्यक्रम अन्र्तगत ऋण प्रभाव तथा ब्याज अनुदान सम्बन्धी सम्झौता भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x