बुधबार नेप्से परिसूचक ६० अंकले घटेर बन्द, ६ अर्ब ६४ करोडको शेयर कारोबार
काठमाडौं, २३ भदौ । बुधबार नेप्से परिसूचक ६०.०२ अंकले घटेर बन्द भएको छ । आज २.०४ प्रतिशत घटेर २८७६.५९ विन्दुमा रोकिएको हो । आज बजार घटेसँगै करोबार रकम पनि घटेको छ । २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार कित्ता शेयर ६ अर्ब ६४ करोड ६६ लाख रुपैयाँका खरिद विक्री भएको छ ।
आज सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ४९७ रुपैयाँ कायम भएको छ । एक्सल डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.६० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ८६ रुपैयाँ कायम भएको छ । त्यसैगरी एक्सल रइराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य पनि ८.३३ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको शेयर मूल्य ६५० रुपैयाँ कायम भएको छ ।
सर्वाधिक शेयर मूल्य घट्नेमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको शेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री यूनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको भएको छ । यो कम्पनीको ४० करोड ५७ लाख ७५ हजार रुपैयाँको खरिद विक्री भएको छ ।
आज कारोबारमा आएको सबै समूहको परिसूचक घटेको छ ।