Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अतिप्रभावित पर्यटन व्यवसायलाई कर्जा भुक्तानीको म्याद थपियो, टीआर कर्जाको अवधि घट्यो

अतिप्रभावित पर्यटन व्यवसायलाई कर्जा भुक्तानीको म्याद थपियो, टीआर कर्जाको अवधि घट्यो

काठमाडौं, २५ भदौ । नेपाल राष्ट्र बैंकले कोभिडबाट अतिप्रभावित पर्यटन क्षेत्रका व्यवसायीले लिएको कर्जा भुक्तानीको म्याद थप गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई बिहीवार निर्देशिका जारी गर्दै कोरोना अतिप्रभावित पर्यटन व्यवसायीले २०७९ असारसम्ममा भुक्तानी गर्नुपर्ने कर्जाको दायित्वलाई दुई वर्षसम्ममा चार किस्तामा असुल गर्नेगरी छुट्टै हिसाब मिलाउन निर्देशन दिएको छ ।

होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्यांकन गरी २०७९ असार मसान्तसम्ममा भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई छुट्टै हिसाब राखेर २ वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।

यसैगरी राष्ट्र बैंकले ट्रस्ट रिसिप्ट (टीआर) कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनको अवधिका लागि मात्र प्रवाह गर्न पाइने व्यवस्था गरिएको छ । यसअघि यस्तो कर्जाको सीमा १८० दिन थियो ।
साथै राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गैरकानूनी रहेको ठहर गर्दै क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ नगर्न तथा नगराउन निर्देशन दिएको छ । क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने÷गराउने गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत केन्द्रीय बैंकले दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x