बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २० प्रतिशतसम्म छुट
काठमाडौं, २५ भदौ । बैंक अफ काठमाण्डू र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड÷ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई २० प्रतिशत सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
यस सम्झौता पश्चात् ग्राहकहरुले फर्निचर वान स्टोरबाट घर तथा अफिसको लागि आवश्यक फर्निचरहरु खरिद वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको २० प्रतिशतसम्म छुट पाउने छन् ।