नबिल ब्यालेन्स्ड फन्ड–३ को बिक्री खुला

काठमाडौं, २५ भदौ । नबिल इन्भेष्टमेन्टले आजदेखि नबिल ब्यालेन्स्ड फन्ड–३ बिक्री खुला गरेको छ । यस फन्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

निष्कासन भएको इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत कोष प्रवर्धक नबिल बैंकलाई र १ प्रतिशत इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ८ करोड ५० लाख इकाईमा आवेदन दिन सक्ने जनाइएको छ।

यसमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ । फन्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *