वागमती प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत नियुक्त
काठमाडौं, २५ भदौ । वागमती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. जगतवहादुर बस्नेत नियुक्त भएका छन् । विहीवार बसेको मन्त्रिपरिषद बैठकले सिन्धुपाल्चोक मेलम्चीका बस्नेतलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
त्यस्तै आयोगका सदस्यमा रामेछापका ज्ञानकुमार श्रेष्ठ, काठमाडौंकी निलम ताम्राकार र नुवाकोटका रामशरण प्याकुरेल नियुक्त भएका छन् ।