Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

७४ हजार चार सयले तेह्रथुम पावरको शेयर हात पारे

७४ हजार चार सयले तेह्रथुम पावरको शेयर हात पारे

काठमाडौं, २५ भदौ । तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । यसमा गोलाप्रथामार्फत कुल ७४ हजार चार सय सर्वसाधारणले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

आइपीओमा कुल २३ लाख ५५ हजार चार सय ४७ जनाले आवेदन दिएकोमा आठ हजार आठ सय २० जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ४६ हजार छ सय २७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

तेह्रथुमले भदौ ९ गतेदेखि १३ गतेसम्म कुल आठ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यसमध्ये सात लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x