Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह तयार, संचालनको तयारी (फोटो सहित)

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह तयार, संचालनको तयारी (फोटो सहित)

काठमाडौं, २५ भदौ । काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाह निर्माणको काम सम्पन्न भएको छ। स्थानीयको विरोध र कोरोना महामारीकाबीच हाल आयोजनाको भौतिक संरचना निर्माणको काम सम्पन्न भएको हो । र्इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार आन्तरिक सजावट र व्यवस्थापनको काम सकिएपछि छिट्टै बन्दरगाह सञ्चालनमा आउने छ ।

अब छिट्टै बन्दरगाह उद्घाटन गर्ने योजना बनाइएको उनले जानकारी दिए । बन्दरगाह निर्माणका लागि एक अर्ब ४४ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, लागत १२ प्रतिशतले बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

२ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो । बन्दरगाहमा अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका अत्याधुनिक कार्यालय रहनेछन्। बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो। निजगढ–काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि उल्लेख्य हुने आँकलन गरिएको छ । बन्दरगाह संचालनमा आएसँगै व्यापारीहरुले आफ्नो सामानको जाँचपास गर्न कोलकता, वीरगञ्ज, विराटनगर जानुपर्ने वाध्यताको अन्त्य हुने कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए ।

बन्दरगाहमा पाँच सय वटा ट्रक र पाँच सयवटै कन्टेनर पार्किङको सुविधा रहेको छ । यस सुख्खा बन्दरगाहमा ३ वटा ब्लकको गोदाम बनेको छ । साथै, १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । सामान जाँच्ने स्टेसन, लोड–अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x