Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

श्रम स्वीकृति स्थानीय तहबाटै गर्ने तयारी

श्रम स्वीकृति स्थानीय तहबाटै गर्ने तयारी

काठमाडौं, २७ भदौ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको श्रम स्वीकृति स्थानीय तहबाटै गर्ने तयारी थालिएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकलाई सहता दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस्तो तयारी थालेको हो ।

आइतबार वैदेशिक रोजगार पत्रकार समाजको काठमाडौंमा आयोजित १२ औं वार्षिक साधारण सभामा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले वैदेशिक रोजगारीमा जानेहरुलाई सहजता प्रदान गर्न स्थानीय सरकारसँगको सहकार्यमा यस्तो व्यवस्था गर्ने बताए ।

त्यस्तै, सीपयुक्त जनशक्ति वैदेशिक रोजगारमा गए त्यसले राज्यको छविका साथै उद्यमशिलतामा पनि वृद्धि हुने भएको भन्दै प्रदेश स्तरमा नीजी क्षेत्रका सीप सिकाउँने संघ संस्था खोल्न सरकारले आवश्यक सहयोग गर्ने सचिव गौतमले बताए । ‘प्रदेश स्तरमा सीप सिकाउने संघसंस्थाहरु निजी क्षेत्रले खोल्नुहोस् । त्यसमा सरकारले आवश्यक सहयोग गर्नेछ ।’

त्यस्तै पछिल्लो समय वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले अर्थतन्त्रमा प्रभाव पारेकोले वैदेशिक रोजगारमा जानेहरुलाई सम्मनजनक व्यवहार गर्नुपर्ने गौतमको भनाइ छ ।

त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले राज्यले रोजगार दिन नसक्दा हजारौंको संख्यामा युवा शक्ति वैदेशिक रोजगारीमा जान बाध्यता भएको बताए छ । यसलाई व्यवस्थित गर्नका लागि सरकारी संयन्त्र नै लाग्नु पर्ने उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x