Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

नेप्से ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा उक्लियो

नेप्से ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा उक्लियो

काठमाडौं, २७ भदौ । यो साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आइतबार ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा पुगेको छ ।

आइतबार म्यूचुअफ फन्ड बाहेकका अरु सबै समूहको सूचक बढेको छ। म्यूचुअल फन्ड समूहको सूचक पनि ०.२९ प्रतिशतले मात्र घटेको छ। कारोबार पनि २३१ कम्पनीको ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको भएको छ। त्यसमा सबैभन्दा धेरै हिस्सा अरुण भ्याली हाइड्रोपावर कम्पनीको छ। उक्त कम्पनीको ७३ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै सबैभन्दा धेरै कमाउनेमा भने नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपी पावर, अरुण कावेली पावर, पाँचथर पावर, लिवर्टी इन्र्जी, छ्याङ्दी हाइड्रोपावर र सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता छन् । यी कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *