Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

भन्सार विन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री शर्माको निर्देशन

भन्सार विन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकका विभिन्न स्थानमा रहेका प्रमुख भन्सार विन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आइतवार आयोजित दुईदिने भन्सार व्यवस्थापन गोष्ठिमा उनले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले मालवस्तुको वर्गीकरण र मुल्यांकनमा इमान्दारिता कायम गरी राजस्व बढाउनसमेत निर्देशन दिएका छन्। भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअली’ चेकजाँच गर्नुपर्दैन । कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणा अनुसार काम गर्न आग्रह गरे । उनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए ।

यस्तै राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिएका छन् ।

भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्ष्यअनुसार राजस्व संकलन गर्न प्रयास भइरहेको बताए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x