Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

नेपाल एसबिआई बैंक लिमिटेड NPS-National Card Switch & NEPALPAY Cardमा आवद्ध

नेपाल एसबिआई बैंक लिमिटेड NPS-National Card Switch & NEPALPAY Cardमा आवद्ध

काठमाडाैं, २६ जेष्ठ । नेपाल एसबिआई बैंक लिमिटेडले “NPS-National Card Switch तथा NEPALPAY Card NEPALPAY Card” को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) संग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत, नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा बैंकका प्रमुख वित्तिय अधिकृत,  राजेश कुमार पंडा, सल्लाहकार, छपिराज पन्त, प्रमुख प्रविधि अधिकृत, सुनन्द मल्होत्रा, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल लगायत अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौता सगैँ बैंकले डोमेस्टिक कार्ड योजना NEPALPAY Card” जारी गर्ने र प्राप्त गर्ने प्रयोजनका लागी स्विच एकिकृत गर्न सक्नेछ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *