Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

नेप्से सूचक २७.२९ अंकले उकालो, बीपीसीएल, मकार, प्योर टप गेनर

नेप्से सूचक २७.२९ अंकले उकालो, बीपीसीएल, मकार, प्योर टप गेनर

काठमाडाैं, २६ जेष्ठ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साेमबारको कारोबारमा २७.२९ अंकले उकालो लाग्दै २,६५७.१९ विन्दुमा पुगेको छ। यो वृद्धिदर १.०३ प्रतिशत हो । आजको दिन कुल ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने कुल १ करोड ७५ लाख १ हजार ८०२ कित्ता सेयर किनबेच भएका छन्।

आजको कारोबारमा १९१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ वटा कम्पनीको घटेको छ । १ कम्पनीको मूल्य भने स्थिर रह्यो । बजारमा देखिएको उत्साहपूर्ण वातावरणले लगानीकर्तालाई आशावादी बनाएको देखिन्छ ।

दैनिक सर्वाधिक मूल्य वृद्धिका हिसाबले हेर्दा मकर जितुमाया सुरी हाइड्रोपावर(MAKAR), प्योर एनर्जी लिमिटेड (PURE), दोलटी पावर (DOLTI), बिन्ध्यवासिनी जलविद्युत विकास हाइड्रो डेभलपमेन्ट कम्पनी (BHDC) र बीपीसीएल (BPCL) टप गेनर कम्पनी बनेका छन्। यी कम्पनीहरूको मूल्य आज झन्डै १० प्रतिशतले वृद्धि भएको छ। मकारको अन्तिम मूल्य ६३२.२० रुपैयाँ पुग्दा ५७.४४ अंकले वृद्धि भयो। यस्तै, प्योरको ५६.३० अंक, दोलीटीको ५३.८१ अंक, बुधिगंगाको ४३.४७ अंक र बीपीसीएलको  ६२.८१ अंकले मूल्य बढेको हो ।

आर्थिक हिसाबले सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमध्ये RADHI शीर्ष स्थानमा रह्यो। RADHI को आजको कारोबार ६ अर्ब २२ करोड रुपैयाँभन्दा बढी भयो । यसैगरी, UPCL, BPCL, NRN र CHDC क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थानमा रहे ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *