Date

सोम, जेष्ठ २६, २०८२
Mon, June 9, 2025

आइसीटी शिक्षा र नवप्रवर्तन प्रवर्द्धन गर्न क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

आइसीटी शिक्षा र नवप्रवर्तन प्रवर्द्धन गर्न क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैं, २६ जेष्ठ । नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रलाई सशक्त बनाउने उद्देश्यले क्यान महासंघ र लुम्बिनी प्राविधिक विश्वविद्यालय (LTU) बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ। नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र राष्ट्रिय गैर-नाफामुखी संस्था क्यान महासंघबीच भएको यो सहकार्यले आईसीटी शिक्षा, अनुसन्धान र उद्योग–शिक्षा सहकार्यलाई प्रवर्द्धन गर्नेछ।

समझदारीअनुसार, संयुक्त कार्यक्रम तथा गतिविधिहरूको आयोजना, विद्यार्थीहरूलाई इन्टर्नशिपको अवसर, उद्योगसँग प्रत्यक्ष संलग्नता, संयुक्त अनुसन्धान तथा नवप्रवर्तन प्रवर्द्धन र आईसीटी नीतिगत पैरवीजस्ता क्षेत्रमा दुवै संस्थाले सहकार्य गर्नेछन्। क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो साझेदारी नेपालको जडस्तरबाटै आईसीटी प्रतिभा विकास गर्न र नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्न महत्त्वपूर्ण हुने बताए ।

यो सहकार्यले शैक्षिक संस्थाहरू र आईसीटी उद्योगबीचको दूरी घटाउने विश्वास गरिएको छ, जसले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र डिजिटल अर्थतन्त्रमा प्रतिस्पर्धी बन्ने सीप प्रदान गर्नेछ। दुवै संस्थाले नेपालको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने साझा उद्देश्यलाई आत्मसात गर्दै यो समझदारीमा हस्ताक्षर गरेका हुन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *