Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ सञ्चालन

सेञ्चुरी बैंकको नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ सञ्चालन

काठमाडौं, २८ भदौ । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम एकाउन्ट’ सञ्चालन गरेको छ । मात्र १ हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५०५ को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ ।

रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम’ खोल्न सक्ने बैंकले जनाएको छ ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको बैंकले जनाएको छ । उक्त खातामा लकर सेवा, एटीएम र अन्य सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x