Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

शेयर बजारमा उतारचढाव कायमै, ९ अर्ब २९ करोडको कारोबार

शेयर बजारमा उतारचढाव कायमै, ९ अर्ब २९ करोडको कारोबार

काठमाडौं, २८ भदौ । सोमबार उ उतारचढावकाबीच शेयर बजार परिसूचक नेप्से झिनो अंकले मात्र बढेर बन्द भएको छ। प्रि–ओपन सेसनमै १५ अंकले बढेको बजार अन्तमा ०.२७ अंकले मात्र बढेर बन्द भयो ।

कारोबारमा आएका १३ समूह मध्ये बैंकिङ, ब्यापार, होटल तथा पर्यटन, विकास बैंक, फाइनान्स, जीवन बीमा र निर्जीवन बीमा समूहको सूचक बढेपनि बाँकी अरु सबै घटेको छ । कारोबार २२६ कम्पनीको ९ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको भएको छ । सबैभन्दा धेरै शेयर कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ। यो कम्पनीको ६१ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै अजोड इन्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै अर्थात १० प्रतिशत बढेको छ । इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८५९ रुपैयाँ पुगेको छ। गुमाउनेमा कालिका पावर कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीको शेयर मूल्य भने ६.४७ प्रतिशतले घटेर ६९४ रुपैयाँमा अडिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x