सुनको मूल्य ६०० बढ्यो
काठमाडौं, ३० भदौ । स्थानीय बजारमा बुधबार सुनको मूल्य ६०० रुपैयाँ बढेर बारोबार भएको छ । हिजो प्रतितोला ९० हजरा ६०० रुपैयाँमा भएको सुन आज मूल्य वृद्धि भएर ९१ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावि सुन भने प्रतितोला ९० हजार ७०० रुपैयाँमा करोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि १ हजार २०० रुपैयाँमा नै कारोबार भएको छ ।