Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंक अफ काठमाण्डू ग्राहकहरुलाई SRL डाइग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू ग्राहकहरुलाई SRL डाइग्नोष्टिकमा १० प्रतिशत छुट

काठमाडौं, ३१ भदौ । काठमाडौं र बैंक अफ काठमाण्डू लिमिटेड र SRL डाइग्नोष्टिक (नेपाल) प्रालिबिच एक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ ।

सम्झौता पश्चात् ग्राहक महानुभावहरुले SRL डाइग्नोष्टिक (नेपाल)प्रालिले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाइनेछ ।

SRL डाइग्नोष्टिक (नेपाल) प्रालिले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x