Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कुल आयातको ९० प्रतिशत हिस्सा १० मुलुकबाट

कुल आयातको ९० प्रतिशत हिस्सा १० मुलुकबाट

काठमाडौं, ३१ भदौ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार १६ खर्ब ८० अर्ब रुपैयाँ बराबरको हुँदा आयात मात्रै १५ अर्ब ३९ अर्बको भएको छ । नेपालले गत आवको गरेको कुल आयातमा प्रमुख व्यापार साझेदार १० मुलुकको हिस्सा मात्र करिब ९० प्रतिशत रहेको छ ।

भन्सार विभागका अनुसार गत आवमा प्रमुख व्यापार साझेदार मुलुकबाट मात्रै १४ खर्ब १३ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ, जुन कुल आयातको ८९.९९ प्रतिशत हो ।

गतवर्ष नेपालले सबैभन्दा धेरै वस्तु आयात गर्ने १० मुलुकमा क्रमशः भारत, चीन, अजेन्टिना, यूएई, अमेरिका, युक्रेन, इन्डोनेशिया, अस्ट्रेलिया, दक्षिण कोरिया र क्यानाडा रहेका छन् । यीमध्ये नेपालले भारतबाट सबैभन्दा बढी ९ खर्ब ७१ करोड र दोस्रोमा चीनबाट २ खर्ब ३३ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

बाँकी ८ मुलुकबाट खर्बभन्दा कमको आयात भएको छ, जसअनुसार तेस्रोमा अर्जेन्टिनाबाट ९१ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु पैठारी गरेको छ । प्रमुख व्यापार साझेदार १० मुलुकमध्ये क्यानाडाबाट सबैभन्दा कम १४ अर्ब ३५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x