Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको १३७औँ शाखा ईटहरीको पकलीमा

लक्ष्मी बैंकको १३७औँ शाखा ईटहरीको पकलीमा

काठमाडौं, ३१ भदौ । लक्ष्मी बैंकले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १६ को पकलीमा १३७औँ शाखा संचालनमा ल्याएको छ । ईटहरीको भाटभटेनी सुपरमार्केट परिसरभित्र रहेकोे यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ।

यस नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३७ शाखा, ७ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x