Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक २६९८ विन्दुमा

शेयर बजारमा उच्च अंकको गिरावट, परिसूचक २६९८ विन्दुमा

काठमाडौं, ४ असोज । यो साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२५ को विन्दुमा झरेको छ ।

कारोबारमा आएका सबै समूहको सूचक घटेपछि समग्रमा नेप्से ओरालो लागेको हो । पछिल्लो समय बजारमा आएको गिरावटका कारण लगानीकर्ताको मनोबल पनि कमजोर भएको छ । योसँगै केही दिनदेखि सरकार बेखर्ची भएको छ। यसबाट सरकारी भुक्तानी प्रभावित भएको छ। सरकारी खर्च बन्द हुँदा बैंक तथा वित्तीय संस्थामा समेत तरलताको अभाव देखिएको छ। त्यसको प्रभाव पनि शेयर बजारमा परेको जानकार बताउँछन् ।

सोमबार कारोबार पनि २२५ कम्पनीको ८ अर्ब ४९ करोड रुपैयाँको भएको छ। त्यसमा सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यस्तै सोमबार सबैभन्दा धेरै कमाउँनेमा भने मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु छन् । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै गुमाउँनेमा गुडविल फाइनान्सका लगानीकर्ताहरु छन् । यो फाइनान्सको शेयर मूल्यमा भने १० प्रतिशतको गिरावट छ । योसँगै १० प्रतिशतले मूल्य घटेको कम्पनीहरुको सूचीमा पोखरा, आइसीएफसी, प्रोग्रेशिभ फाइनान्स कम्पनी पनि रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x