Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान प्रारम्भ

‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान प्रारम्भ

काठमाडौं, ४ असोज । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ । धुलिखेलको धुलिखेल लज रिसोर्टमा आश्विन २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुईवर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो । सम्मेलनमा देशभरका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरुको उपस्थिति रहेको बताइएको छ ।

‘काम गरी आय आर्जन गरौं ः बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रुपमा सक्रिय पार्ने लक्ष्य रहेको कम्पनीले बताएको छ।

दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफ इन्स्योरेन्सका संचालक तथा एम्विसन कलेजका प्रमुख शुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा बीमा क्षेत्रसँग दुई दशक देखि जोडिएका स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देशभरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटि गठन गरिएको छ । जिल्ला स्तरमा पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पौष मसान्त भित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x