Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रतिपक्षीको नाराबाजीका बीच चालू आवको बजेट संसदबाट पारित

प्रतिपक्षीको नाराबाजीका बीच चालू आवको बजेट संसदबाट पारित

काठमाडौं, ४ असोज । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको विनियोजन विधेयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र विरोधका बीच आइतवारको प्रतिनिधिसभामा प्रस्तुत भएको बजेटका तीनवटै विधेयक बहुमतले पारित गरेको हो ।

सरकारले चालू आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाउने र त्यसपछि कार्यान्वयनमा आउनेछ । त्यससँगै हाल कायम रहेको बजेट होलिडे अन्त्य हुनेछ ।

प्रतिनिधि सभाबाट समयमै बजेट अध्यादेश र त्यसको प्रतिस्थापन विधेयक पास नभएपछि गएको बुधवारदेखि नेपालको बजेटरी इतिहासमै पहिलो पटक मुलुक ‘बजेट शून्यता’को अवस्था रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x