Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सहुलियत मूल्य पसलमा उपभोक्ताको आकर्षण, भीडभाड काम गर्न निःशुल्क ‘होम डेलिभरी’को व्यवस्था

सहुलियत मूल्य पसलमा उपभोक्ताको आकर्षण, भीडभाड काम गर्न निःशुल्क ‘होम डेलिभरी’को व्यवस्था

काठमाडौं, ४ असोज । सरकारले दशैं, तिहार र छठ पर्वको अवसरमा सञ्चालनमा ल्याएको सहुलियत मूल्य पसलमा सर्वसाधारणको भिड बढ्न थालेको छ । सहुलियत पसलमा खाद्य सामग्री प्रति केजी ५ देखि १० रुपैयाँसम्म छुट दिएपछि उपभोक्ताको आकर्षण बढेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज १ गतेदेखि काठमाडौंका थापाथली, रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्र्रादेशिक प्रमुख ज्ञानु थापाले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले बढी भीडभाड हुन नदिन काठमाडौं उपत्यकाभित्र निःशुल्क ‘होम डेलिभरी’को व्यवस्था समेत गरिएको छ। साथै खाद्य सामग्री किनेपछि नगद तथा अनलाइनमार्फत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

सहुलियत मूल्य पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x