शेयर बजारको उकालो यात्रा, बुधबार नेप्से १०४ अंकले बढ्यो
काठमाडौं, ६ असोज । बुधबार पनि शेयर बजार परिसूचक (नेप्से) उकालो लागेको छ । मंगलबार १३.८३ अंकले बढेको परिसूचक बुधबार १०४.८८ अंकले बढेर २८१६.८५ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका सबै समूहको सुचक बढेपछि नेप्से परिसूचकलाई बढ्न मद्दत पुगेको देखिन्छ । ठुला कम्पनीहरूको मूल्य प्रतिनिधित्व गर्ने सेन्सिटिभ परिसूचक पनि १९.४७ अंकले बढेको छ ।
बुधबार फाइनान्स कम्पनीको सूचक ८.५४ र विकास बैंक समूहको सूचक ७.७४ प्रतिशत बढेको छ ।
शेयर कारोबार पनि २१७ कम्पनीको ६ अर्ब १७ करोड रुपैयाँको भएको छ। कारोबार रकम मंगलबारको तुलनामा कम हो । मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको थियो । यस्तै बुधबार सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको शेयर कारोबार भएको छ । यो कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको भएको छ।