Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

वाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

वाग्मती प्रदेशको सबै खाले सवारी कर, दर्ता र नविकरणको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

काठमाडौं, ६ असोज । वाग्मती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।

यो सँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को भुक्तानी गर्न यातायात कार्यालयमा गइ लामो लाइन लाग्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । दई पांग्रे, चार पांग्रे, ठ्ला तथा हेवी सावारी, निजी तथा सार्बजनिक कुनै पनि किसिमका सवारी साधनको कर, दर्ता र नविकरण इसेवाबाटै गर्न सकिने जनाइएको छ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईलबाटै कर भुक्तानी, दर्ता र नविकरण गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकको इसेवा जोन तथा पोइन्टबाट सेवा लिन सकिने इसेवाले जनाएको छ। मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x