Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेविको बिस्कुट पुनः उत्पादन सुरु

नेविको बिस्कुट पुनः उत्पादन सुरु

काठमाडौं, ६ असोज । गत साउन २३ गते आगोलागीबाट क्षति भएपछि बन्द रहेको नेविको विस्कुट पुनः उत्पादन सुरु गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी केही दिनदेखि नै बिस्कुट उत्पादन सुरु गरिएको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव भट्टराईले आगोलागीबाट झण्डै २२ करोड रुपैयाँ कम्पनीलाई क्षति भएको बताए । विस्कुट उत्पादन गर्नका लागि चीनबाट मेसिन झिकाइएको उनले जानकारी दिए । पहिलेका दुईवटा मेशिन विग्रिएर थन्किएको पनि उनले जानकारी दिए । ती मेशिन मर्मत गर्न १० करोड रुपैयाँ लागत लाग्न सक्ने भट्टराईको भनाई छ । कम्पनी पहिलेकै अवस्थामा फर्कन अझै ७० करोड रुपैयाँ आवश्यक पर्ने कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए ।

कम्पनीले आगामी दिनमा थप लगानी थप्दै जाने जानकारी दिइएको छ । हेटौडामा सहायक कम्पनी खोल्नेदेखि दाङमा पानी उद्योग खोल्नेसम्मका योजना रहेको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x