Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

२९ प्रतिशतले बढ्यो विराटनगर आईसीपीको राजस्व संकलन

२९ प्रतिशतले बढ्यो विराटनगर आईसीपीको राजस्व संकलन

विराटनगर, ७ असोज । एकीकृत भन्सार जाँचचौकी (आईसीपी), विराटनगरले गत आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको भन्दा २९ प्रतिशत बढी राजस्व संकलन गरेको छ । सो अवधिमा कार्यालयले कुल ४० अर्ब ८ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । अघिल्लो वर्ष २८ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ राजस्व असुली भएको थियो ।

गत आर्थिक वर्षमा कार्यालयले संकलन गरेको राजस्व वार्षिक लक्ष्यको ८८ दशमलव ४५ प्रतिशत हो । सो वर्ष कार्यालयले ४६ अर्ब १४ करोड ९५ लाख राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो ।

कार्यालय प्रमुख शिव भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्षमा भने कार्यालयले कुल ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व संकलनको लक्ष्यमा २१ अर्ब २८ करोड २६ लाख कम अर्थात् ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो ।

कार्यालयले चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा कुल ७ अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व सङ्लन गरेको छ ।
सो राजस्व साउन महिनामा ३ अर्ब ३४ करोड ९६ लाख र भदौमा ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार संकलन भएको हो । कार्यालयले साउनमा लक्ष्यको ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x