Date

शुक्र, बैशाख १२, २०८२
Fri, April 25, 2025

तरलता सन्तुलित राख्न आज पुनः ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

तरलता सन्तुलित राख्न आज पुनः ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ७ असोज । बैंकिङ प्रणालीमा चर्किंदै गएको तरलता अभाव सन्तुलनमा राख्न नेपाल राष्ट्र बैंकले आज (बिहीवार) पुनः ३० अर्बको रिपो जारी गर्ने भएको छ । मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रूपमा बैंकले रिपो जारी गर्ने गर्छ ।

केन्द्रीय बैंक सार्वजनिक ऋण व्यवस्थापन विभागले सातदिने अवधिको उक्त परिमाणको रिपोको विक्री बोलकबोलमार्फत गर्न लागेको हो । सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेकको रकम र ब्याजसहित उल्लेख गरी आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोल लगाउन सक्नेछन् । उक्त रिपो असोज १४ गते परिपक्व हुनेछ ।

राष्ट्र बैंकले यसअघि गत बिहीवार २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । यस्तै विगत ३ साताको अवधिमा केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ बराबरको रिपो विक्री गरिसकेको छ ।

पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको खडेरी पर्न थालेपछि निक्षेप र कर्जा दुवैतर्फ ब्याज बढ्न थालेको छ । निकै लामो समयसम्म एकल अंकमा रहेको निक्षेपको ब्याज समेत पछिल्लो समय केही बैंकहरूले दोहोरो अंकमा पु¥याएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *