Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माछापुच्छ्रे र सानिमा बैंकले क्रमश : १४ र १७ प्रतिशत लाभांश घोषणा

माछापुच्छ्रे र सानिमा बैंकले क्रमश : १४ र १७ प्रतिशत लाभांश घोषणा

काठमाडौं, ७ असोज । बैंकहरुले गत आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् । माछापुच्छ्रे र सानिमा बैंकले लाभांश घोषणा गरेका छन् ।

माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीहरुलाई गतवर्षको मुनाफाबाट १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गरेको हो ।

यस्तै हिजै सानिमा बैंक बैंकको सञ्चालक समिति बैठकले पनि १७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसमा १७ प्रतिशत बोनस र ०.८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x