बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुल्यो

काठमाडौं, ८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छिन् । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । बिहीबार मात्र राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो ।

त्यसपछि सभामुख अग्नि सापकोटाले विधेयक प्रमाणीकरणका लागि बिहीबार नै राष्ट्रपति कार्यालय पठाएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बाट बजेट पारित भएको हो ।

समयमै संसदबाट बजेट विधेयक पास नहुँदा गएको बुधबारदेखि सरकारी खर्च रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *