Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, ८ असोज । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजारमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ रुपैयाँले बढेर प्रतितोला १ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x