कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश दिने

काठमाडौं, ८ असोज । कामना सेवा विकास बैंकले १९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १८.५०५ बोनस र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले उक्त लाभांश पाउने छन् । बैंकले गत वर्ष ४.४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *